रूकुम पश्चिम। प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रमा पीडितका लागि बाँडिने राहतलाई पुनर्निर्माणसँग जोड्नुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल रूकुम पश्चिमको आयोजनामा मंगलबार आयोजित पत्रकार भेटघाटमामा बोल्दै शर्माले राहतलाई पुनर्निर्माणसँग जोड्नुपर्ने बताएका हुन्।
सांसद शर्माले अब भूकम्पपीडितलाई राहतको भन्दा अस्थायी आवासको जरूरत भएको बताए । उनले भने, राहत राहत मात्रै नभनौं त्यो राख्ने ठाउँ पनि त चाहियो । यसकारण तत्काललाई राहत वितरण रोकेर निर्माणमा लाग्नुपर्छ। प्रभावित क्षेत्रका लागि आउने राहतलाई एक ठाउँमा संकलन गरेर १५ दिनपछि आवश्यकताका आधारमा बाँड्नेगरी मिलाइने छ ।’
उक्त अवसरमा शर्माले आफ्नो पार्टीको पहलमा भूकम्प प्रभावितका लागि ३ हजार १ सय ६८ वटा अस्थायी टहरा बनाएको जानकारी गराए ।
भूकम्प प्रभावित क्षेत्रका जनताको पीडा कम गरेर सुरक्षित आवास बनाउनका लागि सामूहिकताको भावना जागृत गराउन लाग्न पनि सरोकारवालालाई निर्देश गरिएको सांसद शर्माले बताए ।