कपिवस्तु। कपिलवस्तु शिवराज नगरपालिका १ र ९ को सीमामा रहेको सुरही खोलामा निर्माण गरिएको पुलको उद्घाटन गरेका छन्। सो पुलको शनिवार भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन्।
उक्त पुल एक वर्ष अघि नै सञ्चालनमा आएको थियो। ३६० मिटर लामो उक्त पुल ४६ करोड १५ लाखमा निर्माण गरिएको हो।
उद्घाटन समारोहमा मन्त्री ज्वालाले सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्ष अगावै सम्पन्न गरेकाले टुन्डी कन्स्ट्रक्सन प्रालीलाई सम्मानपत्रले सम्मान गरे।
निर्धारित समयमा तोकिएको काम पुरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने उनले बताए। मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भ समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने गरेको उल्लेख गरे।