लुम्बिनी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको शनिबार स्थलगत निरीक्षण गरेका छन्। निरीक्षण गर्दै उनले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन्।
मन्त्री ज्वालाले निर्माण कार्य ढिलो गतिमा भएको भन्दैँ असन्तुष्टि व्यक्त समेत गरेका छन्। सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई आग्रह समेत गरेका छन्।
मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताए।