गुल्मी। युडब्लुएस नेपालले गुल्मीका ६ स्थानीय तहमा १८ वटा विद्यालय भवन निर्माण गरेको छ ।
गुणस्तरीय शिक्षा प्रवर्धनमा काम गर्दै आएको परियोजनाले जिल्लाको ६ स्थानीय तहमा १८ वटा विद्यालय भवन निर्माण गरेको हो।
उक्त परियोजना अन्तर्गत रेसुङगा नगरपालिका ६ मा एक, मुसिकोट नगरपालिकामा २, मादाने गाउँपालिकामा ३, धुर्कोटमा ४, मालिकामा ५ र इश्मा गाउँपालिकामा ३ गरी १८ वटा विद्यालय भवन निर्माण गरिएको छ।
संस्थाका वरिष्ठ शिक्षा अधिकृत अनुज सिग्देलले एउटा विद्यालयको भवन निर्माणमा ३५ देखि ४५ लाखसम्मको लागत लागेको बताए। २०७२ सालमा स्थापना भएको संस्थाले गुल्मी, ताप्लेजुङ र संखुवासभामा गरी ७२ वटा विद्यालय भवनहरु निर्माण गरिसकेको छ। गुणस्तरीय शिक्षा प्रवर्धनमा युडब्लुएस र स्थानीय तहको भूमिकाबारे समिक्षात्मक कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।