काठमाडौं। नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।
उनीहरुलाई हाल लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
मुद्दा अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरेको निगमले जनाएको छ। प्रहरीले अधिकृत पोखरेललाई मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । सो घटनाबारे छानबिन भइरहेको छ । गाेरखापत्रबाट