काठमाडौं। खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि सम्झौता भएको छ।
अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी आयोजनाको पुनर्निर्माण गर्न मन्त्रालय र निर्माण कम्पनीबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मङ्गलबार राती अबेरसम्म बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले गरेको निर्णय अनुसार सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहम्मद अन्सारी र निर्माण कम्पनी सिनोहाइड्रोका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी गरी तत्काल साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।