तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । कूल १ हजार ४ सय ५६ मिटर लम्बाइको मुख्य सुरुङ खनेर सकिन लागेको हो।
अब २१० मिटर सुरुङ मात्रै खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। अहिलेसम्म १ हजार २ सय ४६ मिटर खन्ने कार्य सम्पन्न भएको छ ।
सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको आयोजनाको भनाइ छ। दसैँ, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ।