काठमाडौं। नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरेको जाँच चौकीको काम आगामी एक महिनामा सकिने भएको हो।
जाँच चौकीमा पानी ट्याङ्की, सीसीटीभी जडान, नेटवर्किङ, फायर फाइटिङलगायतका काम बाँकी छन् ।
समितिबाट जाँच चौकीको निर्माण सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । उक्त जाँच चौकी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दूतावासमा अनुरोध समेत गरिएको बताइएको छ।
समितिबाट सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको हुँदा हस्तान्तरण भएपछि सञ्चालन सुरु गर्न कुनै समस्या नहुने समेत समितिले जनाएको छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने लक्ष्यसहित एकीकृत जाँचचौकी निर्माणको योजना अघि सारेको थियो । नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण २०७७ साल असोज २६ गते सुरु भएको थियो ।