काठमाडौं। पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गरिने भएको छ। बुधबार बसेको कोषको परिषद् बैठकले विभिन्न समयमा नियुक्त गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो।
राज संस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ।
परिषद् बैठकले पशुपति क्षेत्र परिषद्मा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ। बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको छ।