वीरगञ्ज। पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा १ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट १ हजार ९ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । एक हजार ९ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् ।
अघिल्लो वर्ष सोही अवधिमा वीरगञ्ज नाकाबाट ६ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएको ५ सय ५ विदेशी पर्यटक बाहिरिएका थिए । नेपालको हावापानी र घुमफिर गर्ने मौसमको दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुस महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या अन्य महिनाको तुलनामा बढी रहेको पर्यटन प्रहरी कार्यालयले जनाएको छ।