अछाम। उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतको निधन भएको छ । बुधबार साँझ हृदयाघातका कारण अध्यक्ष कडायतको निधन भएको हो।
हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्याउने बित्तिकै उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।
लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए । साँफेबगर नगरपालिका–८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए ।