मान्म। कर्णाली मार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न सुरु गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो ।
कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म १०४ किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर अहिले स्तरोन्नतिको कामले तीव्रता पाएको छ । कर्णाली राजमार्गको कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नति काम भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।
राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम सुरु गरिएको छ। ६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको छ। सम्झौताअनुसार पुस मसान्तमा काम गरिसक्नु पर्ने बताइएको छ।
सडक मर्मतको काम अन्तिम चरणमा पुगेको र मर्मतका लागि ८० करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
आवश्यकताका आधारमा ग्याबिन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ। विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैतदेखि सञ्चालनमा आएको थियो ।