दमौली। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र गर्न सुरु गरिएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको हो ।
एकतर्फी कालोपत्र भइसकेको ठाउँमा अर्कोतर्फ दुई किलोमिटर दूरीमा कालोपत्र गरिएको आयोजनाले बताएको छ । यसअघि कालोपत्र भइसकेको खण्डबाट सवारीसाधन चलाएर अर्कोतर्फ कालोपत्र गर्ने काम जारी छ ।
पूर्वी खण्डमा हालसम्म १२.५ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ । बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको छ । अर्कोतर्फ १२ दशमलव पाँच किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गर्ने योजना छ।