चितवन। चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ । पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो ।
उक्त घरबासको जिल्ला समन्वय चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका छन्। घरबासले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उनले बताए।
इच्छाकामना पर्यटकीय गन्तव्यको निकै सम्भावना रहेको गाउँपालिका हो भन्दै उनले पर्यटन प्रवर्द्धनका लागि जिल्ला समन्वयबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाको रु १३ लाख, इच्छाकामना आमा समूह तोक्दाङको १ लाख ९२ हजार रुपैयाँ र नेपाल रेडक्रस सोसाइटी इच्छाकामना–३ तोक्दाङ ढापको एक लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । साथै, गाउँपालिकाले घरबासका लागि आवश्यक बिछ्यौना पनि उपलब्ध गराएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर गुरुङले जग्गादान गरेका हुन् ।