तनहुँ। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन सडक खण्ड कालोपत्रको चरणमा पुगेको छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्मको ६ किलोमिटर सडक खण्ड कालोपत्रको तयारी गरिएको हो ।
यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा–मुग्लिन सडक आयोजनाका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ।