मोरङ। पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक खण्ड स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने भएको छ। ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकको ऋण लगानीको सडक स्तरोन्नति गर्न यति रुख काट्न लागिएको हो ।
काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७.७७० किलोमिटर सडकको मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयले जनाएको छ।
सडक क्षेत्रबाट ३५ मिटर क्षेत्र भित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने बताइएको छ। यो सडक खण्ड स्तरोन्नति गरी एसियन हाइवे मापदण्डको बनाइनेछ । यो सडक स्तरोन्नति गर्न २८ अर्ब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।