गण्डकी। गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ। पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको हो।
यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्वयनमा गएको कार्यालयले जनाएको छ। कार्यालयले समस्याग्रस्त भनेर औँल्याएका आयोजनाका निर्माण कम्पनीलाई काममा फर्काइएको बताइएको छ।
पुराना बहुवर्षीय ६ वटा सडक आयोजनाको काम अगाडि बढेको छ। ३० लाख देखि २ करोड रुपैयाँ लागतसम्मका आधा बढी आयोजनाको ठेक्का सम्झौता भइसकेको छ । चालू आवमा उक्त कार्यालयमा ८८ करोड रुपैयाँ बजेट छ ।