चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ।
महोत्सव सुरु हुनुपूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने कार्यक्रम तय भएको छ। चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन्।
पर्यटन विकासको लागि पौष १० गते देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको हो। चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गरिएको हो।