काभ्रेपलान्चोक। काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको हो।
निसास्तिएर लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मङ्गलवार बिहान अबेरसम्म बुबा आमा नउठेपछि छोरा बुहारीले ढोका खोल्दा बुबा आमालाई बेहोस अवस्थामा फेला पारेपछि उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। उपचारका क्रममा लामाको बिहान ९स्२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ ।