काठमाडौं। गुुणस्तर विभागले मारुती सिमेन्टलाई कारबाही गरेको छ। मापदण्डअनुसारको गुुणस्तर नपाइएपछि विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको हो।
गुुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले बताए।
उनले मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरे पनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने पनि जानकारी दिए ।
विभागले गत १ मंसिरमा मारुती सिमेन्टलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । विभागको सो निर्देशनमा मारुती सिमेन्टले गुणस्तर नै भएको दाबी गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए ।
विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट मापदण्डअनुसार नपाएपछि सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।
उपभोक्ताको अधिकतम उजुरी परेपछि विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।