काठमाडौं। प्रतिकुल मौसम र हिमपातका कारण बिहीबार धेरै ठाउँको हवाई उडान प्रभावित भएको बनेको छ। बिहीबार हिमपातका कारण नेपालगञ्ज विमानस्थलबाट निर्धारित उच्च हिमाली भेगका १२ वटा उडान रद्द भएका हुन्।
बिहीबार सिमकोटमा सीता एयरको तीन, नेपाल एयरलाइन्सको एक, तारा एयरको दुई र समिट एयरको एक गरी कुल ७ वटा उडान रद्द भएको छ। त्यसैगरी नेपालगञ्जबाट निर्धारित रारामा सीताको एक, नेपाल एयरलाइन्सको एक, ताराको दुई र समिट एयरको एक गरी कुल ५ वटा उडान रद्द भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपात हुने भन्दै बिहीबार सचेत समेत गराएको थियो । नेपालगञ्जबाट बिहीबार सुदूरपश्चिमका विमानस्थलहरुमा भने उडान भएको छ ।