काठमाडौं। काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा लिफ्ट राख्ने तयारी गरेको छ । महानगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको हो।
उक्त पुलको दुवैपट्टी एकएक वटा लिफ्ट राख्ने तयारी भएको महानगरपालिकाले जनाएको छ। लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने बताइएको छ।
आकासे पुलमा लिफ्ट राख्नका लागि कामपाले चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। चालु आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुपनै कामपाले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ।