तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर–४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण भएको छ । दुई वटा वडा जोड्ने मोटरेबल पुल निर्माण भएको हो।
पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन्। गएको वर्ष भदौमा सम्झौता भएको पुल एक वर्षभित्र सम्पन्न गर्नेगरी माई कन्स्ट्रक्सन एण्ड बिल्डर्स पर्वतले निर्माणको ठेक्का पाएको थियो । सम्झौताअनुसार काम नसकिएपछि एक महिना म्याद थपेर निर्माण गरिएको हो ।
बाह्र मिटर लम्बाइको मोटरेबल पुलमा गाडीको आवतजावतमा सहज भएको थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिले जनाएको छ।