भोजपुर। गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
करिब तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको
काम आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको थियो । योजना निर्माणको काम यस वर्ष सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
पर्यटकीय क्षेत्र गुफा पोखरी, सुके पोखरी र जोर पोखरीका स्थानीयलाई लक्षित गरेर आयोजना निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको मुहानबाट ७ सय मिटर मुख्य पाइपलाई विस्तार, विद्युत जडान र मुख्य ट्याङ्की निर्माणलगायतको काम सकिएको छ । तत्काललाई यहाँका पर्यटकीय क्षेत्रका करिब ६५ घरपरिवारले पानी उपभोग गर्न पाउने भए पनि यो आयोजनाबाट एक सय ५० बढी परिवारलाई पानी खुवाउने लक्ष्य रहेको आयोजनाले जनाएको छ।