पोखरा। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने सडक महोत्सव हिजो बाट सुरु भएको छ । पौस १६ गते सम्म हुन लागेको २५ औं सडक महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराको आयोजनामा हुन लागेको हो ।
यस बर्ष आयोजना हुने सडक महोत्सवमा खाना र स्थानिय उत्पादनलाई बिषेश जोड दिइने रेवान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्वसवका संयोजक विश्वराज पौडेलले बताए ।महोत्सव आयोजना हुने लेकसाइडको ३ किलोमिटर क्षेत्रअन्तर्गत अम्मट, गौरीघाट, हल्लनचोक र खहरेमा गरि ४ वटा स्थानमा स्टेज बनाइने आयोजकले जानकारी दियो ।
महोसत्सवको मुख्य आर्कषणमा लाइभ ब्यान्ड कन्सर्ट, लाइभ लोक दोहोरी, विभिन्न खेलकुद प्रतियोगिता, विविध जातिका साँस्कृतिक तथा भेषभुष प्रर्दशनी कार्यक्रम रहने भएको रेवान पोखराले जनाएको छ। यसै बिच महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले गरेका छन् । उद्घाटन पुर्व बाजागाजा सहितको र्याली समेत निकालिइएको थियो ।