अर्घाखाँची। धजाबान्ने–पेलाबास–तालपोखरा–अर्घाखाँची मोटरबाटो अन्तर्गत रैनादेवी छहरा गाउँपालिकाको ३ नं वडा अन्तर्गतको सडक खण्डमा स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ।
सडक स्तरोन्नतिका लागि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले पुजा गरेर शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, ३ नं वडाध्यक्ष प्रदिप पौडेल लगायतको उपस्थिति रहेको थियो ।
