काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङ उडान पुनः सञ्चालन गर्न दिने निर्णय गरेको छ। क्यानले श्क्रबार नेपाल हवाई खेलकुद संस्था पोखरालाई पत्र लेख्दै आफूले तोकेको स्थानबाट उडान पुनः सञ्चालन गर्न दिने निर्णय गरेको हो।
पत्रमा भनिएको छ, ‘उडान सुरक्षालाई उच्च प्राथमिकता दिई फर्स्ट कम फर्स्ट सर्भिस तथा प्राधिकरणबाट प्रदान गरिएको अधिकार क्षेत्रभित्र रहि सुरक्षित स्लट र तालिका व्यवस्थापनमा प्राधिकरणबाट तोकिएको स्थान मान्द्रेढुंगा क्षेत्रबाट पुनः उडान सञ्चालन गर्न गराउन दिने निर्णय भएको छ।’
नेपाल हवाई खेलकुद संस्था पोखराका पदाधिकारीसँग विवादपछि क्यानले उसलाई मंसिर गत २९ देखि प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो।