काठमाडौं। निर्माण व्यवसायी दाजुभाई राजेश श्रेष्ठ र मनोज श्रेष्ठलाई पितृशोक परेको छ।
नेपाल निर्मण व्यवसायी महासंघका साधारण सदस्य दोलखा जिल्ला निर्माण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष राजेश श्रेष्ठ र राम किसु कन्स्ट्रक्सनका संचालक मनोज श्रेष्ठका पिता अर्जुन बहादुर श्रेष्ठको निधन भएको हो।
श्रेष्ठको ७४ वर्षको उमेरमा बिहीबार साँझ ७ बजे निधन भएको हो। श्रेष्ठको निधनप्रति नेपाल निर्माण व्यवसायी महासंघले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।