काठमाडौं। काठमाडौं–मर्स्याङ्दी २२० केभी प्रसारण लाइनको निर्माण दुई वर्षपछि सुचारु भएको छ।स्थानीयसँग सहमति जुटेपछि प्रसारण लाइनको निर्माण पुन: शुरु गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा स्थानीयबासीले राखेका सडक पूर्वाधार निर्माण, बालीनालीको क्षतिपूर्ति दिने लगायतका माग सम्बोधन गर्ने सहमति भएपछि स्थानीयको अवरोध हटेको छ। स्थानीयले दुई वर्षदेखि रोकेको काम सहमति जुटेसँगै बुधबारबाट शुरु भएको हो।
प्रसारण लाइन अन्तर्गत पिपलटारमा २ वटा टावर ठड्याएर तार तान्न मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ। प्रसारण लाइनको २३१ टावर मध्ये २२९ वटा टावर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको छ ।