जुम्ला। पातारासी गाउँपालिका–४ लुम गाउँस्थित भत्किएको काठेपुल पुनर्निर्माणपछि सञ्चालनमा आएको छ। भत्किएको करिब दुई महिनापछि पुल सञ्चालनमा आएको हो ।
भत्किएकै भोलिपल्ट पालिकाले पुनर्निर्माणका लागि पाच लाख बजेट छुट्याए पनि स्थानीयकै अवरोधले पुल निर्माणमा ढिलाइ भएको थियो। पालिकाले आवश्यक समन्वय गरेपछि स्थानीयले नै पुनर्निर्माण गरेर पुल सञ्चालनमा ल्याएको पातारासी गाउँपालिले जनाएको छ।
पुल भत्किँदा पातारासी गाउँपालिकाको उपल्लो क्षेत्रको जनवीवन नै प्रभावित बनेको थियो । भत्किएकै पुलमा आवतजावत गरिरहेका उपल्लो क्षेत्रका स्थानीय छिटो पुल बनाउनुपर्ने भन्दै माग गर्दै आएका थिए। पुल सञ्चालनमा आएपछि पातारासी उपल्लो क्षेत्र पेरे, तल्फि, छुमचौर, हुरी महरी, गडिगाउँलगायतका स्थानीय खुसी भएका छन् ।