काठमाडौं। तोकिएको समयभन्दा एक वर्ष अगावै सडक निर्माण सम्पन्न भएको छ। म्याग्दीको बेनी गलेश्वर सडक तोकिएको समयभन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भएको हो।
तोकिएको समयभन्दा एक वर्ष अगावै सडक निर्माण सम्पन्न गरेपछि ठेकेदार कम्पनीलाई स्थानीयले सम्मान गरेका छन् । दुई वर्षको ठेक्का अवधी भएको सडक एक वर्ष अगावै सकिएपछि स्थानीयले ठेकेदार कम्पनीको प्रशंसा गरेका हुन्।
स्थानीयले निर्माण व्यवसायी सुवास कार्कीलाई गलेश्वरस्थित आमा समूह, गलेश्वर क्षेत्र विकास कोष र टोल विकास संस्थाले सम्मानपत्रसहित फूलमाला र अबिर लगाएर सम्मान गरेका हुन्।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्रे गर्ने आयोजना सम्झौता मितिभन्दा एक वर्षअघि निर्माण सम्पन्न भएको हो ।