पोखरा। कास्कीको मर्दी ट्रेकिङमा एक जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएका हुन्।
बेपत्ता भएका उनि सम्पर्कमा नआएपछि उनको खोजीमा प्रहरीको टोलि खटिएको माछापुच्छ्रे गाउँपालिकाले जनाएको छ।