काठमाडौं। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा परामर्शदाता कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई डिटेल इन्जिनियरिङ डिजाइनको अन्तिम मस्यौदा प्रतिवेदन बुझाएको छ। परामर्शदाता कम्पनी सिजी इन्फ्राटा बीडीए अथोरिटी जेभीले इन्जिनियरिङ डिजाइनको अन्तिम मस्यौदा प्राधिकरणमा बुझाएको हो।
सरकारले विमानस्थल निर्माण सम्बन्धमा डेढ वर्षअघि हवाईविज्ञ वीरेन्द्रबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय विज्ञ समिति गठन गरेपछि प्राधिकरणले सिजी इन्फ्राटा बीडीए अथोरिटी जेभीलाई डिटेल इन्जिनियरिङ डिजाइन गर्ने जिम्मा दिएको थियो।
मन्त्रिपरिषद्ले विज्ञ समितिको सुझाव प्रतिवेदन अनुसार गत कात्तिक २३ गते निजगढ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार काम अघि बढाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंसिर २७ गते प्राधिकरणलाई निर्देशन दिएको थियो।
विमानस्थल निर्माणका लागि चार किल्ला घोषणा गर्ने तयारी रहेको । विमानस्थल टाँगिया बस्तीमा बनाइनेछ।