रुकुमपश्चिम। रुकुमपश्चिमका भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्। जाजरकोट भूकम्पबाट पीडित करिब २० हजारले पहिलो किस्ता बापतको रकम पाएका हुन्।
हालसम्म रुकुमपश्चिमका १९ हजार ७ सय १७ लाभग्राहीले पहिलो किस्ताबापतको २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन्। जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६ सय ८ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइए पनि स्थायीय विपद् न्यूनीकरण कोषबाट १९ हजार ७ सय १७ लाभग्राहीले रकम प्राप्त गरेका छन्।
हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा ७ हजार लाभग्राहीले रकम प्राप्त गरेका छन्। बाँफीकोट गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा कुनै पनि लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन्।
चौरजहारी नगरपालिकामा ५ हजार ९ सय ३८, मुसिकोट नगरपालिकामा २ सय ११, सानीभेरी गाउँपालिकामा ४ हजार ४ सय ९९ र त्रिवेणी गाउँपालिकाका २ हजार ६९ लाभग्राहीले पहिलो किस्ताबापतको २५ हजार रुपैयाँका दरले ४९ करोड २९ लाख २५ हजार रुफैयाँ पाप्त गरेका छन्।