बुटवल। बुटवल पाल्पा सडक खण्ड दैनिक सोमबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि अबको सय दिन दैनिक ६ घण्टा सडक बन्द हुने भएको हो।
राति १० देखि बिहान चार सडक बन्द गर्न लागिएको बताइएको छ।
अत्यावश्यक सवारीसाधनलाई भने रोक नलगाईने जनाएको छ। सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो भएका कारण राजमार्ग सिद्धबाबा क्षेत्रमा यातायात बन्द गर्न लागिएको हो ।