काठमाडौं। मकवानपुरको हेटौंडा बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ।सडक विभागले राजमार्ग विस्तारको तयारी गरिरहेका बेला स्थानीयले त्यसलाई रोक्न सर्वोच्च अदालतमा दायर रिट गरेको रिट खारेज भएको हो।
सडक डिभिजन कार्यालय हेटौंडाले २५ मिटर सडक विस्तारको लागि सूचना जारी गरेपछि परेको रिट सर्वोच्च अदालतले मंगलवार खारेज गरिदिएपछि सडक विस्तारको बाटो खुलेको छ ।
सीता कार्की, मनिष श्रेष्ठ, विजयलाल जोशी, सिता ढकालसहित २३ जनाले दिएको रिट सर्वोच्च अदालतको न्यायाधीशहरु साराङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले खारेज गरेको हो ।
सडक डिभिजन कार्यायलयले अन्तिम पटक १० असारमा ३५ दिने सूचना निकालेर दायाँबायाँ २५ मिटर सडक खाली गर्न भनेको थियो, त्यसका विरुद्ध २८ वटा रिट परेको थियो ।