काठमाडौं। सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण कार्य सुरु गरिएको छ। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण गर्न सुरु गरिएको हो।
निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो। एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण गर्न सुरु गरिएको हो जसका लागि १९ करोड १८ लाख ४१ हजार चार सय बजेट विनियोजन गरिएको छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि उक्त पुलको शिलान्यास गरेका थिए। प्राविधिक समस्याका कारण पुल निर्माणमा समस्या भएको बताइएको छ।