बेदकोट। महाकाली करिडोर सडक आयोजनाअन्तर्गत २४१ किलोमिटर ट्र्याक खोलिएको छ । कञ्चनपुरदेखि दार्चुला खण्डमा सडकको ट्र्याक खोलिएको हो ।
अब डडेल्धुरा, बैतडी र दार्चुलामा पर्ने रुटको ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयले जनाएको छ।
डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ । डडेल्धुरा खण्डमा २ हजार ६ रुख काट्नुपर्ने बताइएका ेछ।
बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ । दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ ।