काठमाडौं। लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीको सिन्धुपाल्चोकामा ३ मेगावाटको चाकु खोला, १.६९ मेगावाटको मध्य–चाकु खोला र १.८ मेगावाटको तल्लो चाकु खोला जलविद्युत् आयोजना सञ्चालनमा छन् ।