झापा। ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा निर्माण हुने भएको छ । मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र गर्नका लागि विश्व बैंकले सहयोग गर्ने भएको हो।
सडक निर्माणमा विश्व बैंकको एक अर्ब तीन करोड ऋण लगानी हुने बताइएको छ ।
सात प्रदेशका ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ को मेचीनगरमा दुईवटा सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (रु एक अर्ब बढी) ऋण उपलब्ध गराएकोछ।