स्याङ्जा। स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा दुई सडक कालोपत्र गरिएको छ। आँधीखोला २ नम्बर वडाको जरेखोला–भण्डार थुम्का–मडुवा सडक र वडा नम्बर ५ को गावटे नाम्चे डाडाँ छहरे सडक कालोपत्र गरिएको हो।
गाउँपालिकाले आफ्नै बजेटमा ठेक्का खुलाएर थुम्का–मडुवा सडक दुई किमी एक सय मिटर र गावटे नाम्चे डाडाँ छहरे सडक छ सय मिटर कालोपत्रे गरेको हो ।
जरेखोला सडक अशुंबर्मारस्वर्णिम जेभी पोखराले दुई करोड २६ लाख ९६ हजार २२ रुपियाँ २८ पैसामा निर्माण भएको हो ।
गावटे नाम्चे डाडाँ सडक क्रियटिम इन्जिनियरिङ कन्ट्रक्सन प्रालि पुतलीबजार ५ ले कालोपत्रे गरेको हो । क्रियटिभले एक करोड २५ लाख ६७ हजार ८८३ रुपियाँमा पालिकासगँ २०७९ साउन १८ गते सम्झौता गरेर काम सकेको हो ।