काठमाडौं। काठमाडौँदेखि बैंकक उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज ग्राउन्डेड भएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि सोमबार दिउँसो बैंकक उड्न लागेको निगमको एयरबस ३२०, आरए ४०१ नम्बरको जहाजमा ग्राउन्डेड भएको हो।
१५० जना यात्रु लिएर जहाज बैंकक उड्न लागेको थियो। बोर्डिङ पास भएर यात्रुहरु जहाज चढिसकेको अवस्थामा जहाज रन वे प्रवेश गर्नै लाग्दा हाइड्रोलिकमा समस्या आएपछि रोकिन पुगेको निगमले जनाएको छ। तत्काल जहाज चेकजाँच गर्दा बन्न नसकेको र विकल्पमा अर्को जहाज समेत नहुँदा बोर्डिङ पास भइसकेका यात्रुहरुलाई उडाउन नसकिएको निगमको भनाइ छ।
आज सोही उडानमार्फत बिहानको साढे ११ बजे यात्रुहरुलाई बैंकक पठाइने बताइएको छ।