काठमाडौं। तामाकोसी-काठमाडौँ ४०० केभी प्रसारण लाइनमा खुँडा बोकेर स्थानीयको अवरोध गरेका छन्। उक्त प्रसारण लाइनमा पर्ने जग्गाको सर्वेक्षण गर्न गएको विद्युत प्राधिकरणको टोलीलाई चाँगुनारायण नगरपालिका९४ का स्थानीयले खुँडा बोकेर सर्भे टोलीलाई भगाएका थिए।
देशकै ठूलो विद्युत्गृह रहेको माथिल्लो तामाकोसी ९४५६ मेगावाट० लगायत रामेछाप, दोलखा, सिन्धुपाल्चोक क्षेत्रबाट उत्पादित हजारौं मेगावाट बिजुली ल्याउने निर्माणाधीन प्रसारण लाइनमा अवरोधै अवरोध भएको छ।
प्रसारण लाइन खण्डअन्तर्गत कूल एक सय २२ वटा टावरमध्ये काठमाडौंको लप्सीफेदीमा चारवटा र काभ्रेको नगरकोटनेर मण्डनदेउपुर वडा नं. ४ मा एउटा गरी पाँचवटा टावरमा अवरोध कायम छ। आयोजना प्रमुख रमणराज शर्माका अनुसार नगरकोटमा सुरु लागत संकलन गर्दा निजी वन भनिएकोमा पछि राष्ट्रिय वनअन्तर्गत पर्ने थाहा पाएपछि समस्या उत्पन्न भएको हो।
एउटा टावर गाड्नका लागि वातावरण व्यवस्थापन नियमावलीका यावत् प्रक्रिया पूरा गर्नुपर्ने हुँदा लगातार काम भयो भने पनि सहमति लिन घटीमा ६ महिना लाग्ने आयोजना प्रमुख शर्मा बताउँछन्।
विद्यमान वातावरण व्यवस्थापन नियमावली अनुसार राष्ट्रिय वनमा प्रसारण लाइनको टावर ठड्याउनुपर्ने भएमा प्रारम्भिक वातावरण परीक्षण ९आईईई० गर्नुपर्ने हुन्छ। यसअनुसार विद्युत् विकास विभागमार्फत ऊर्जा मन्त्रालयले अध्ययन सहमति दिनुपर्छ। यस्तो सहमति प्राप्त गर्न घटीमा एक महिना र बढीमा दुई महिना लाग्छ।
यता लप्सीफेदीमा स्थानीयहरुले चारवटा टावर गाड्ने ‘अनुमति’ नदिएकाले काम अघि बढ्न नसकेको आयोजना प्रमुख शर्माले बताए। ‘वास्तविक जग्गाधनीभन्दा पनि बाहिरका व्यक्तिले दुःख दिएको उनले जानकारी दिए।