कास्की। सभामुख देवराज घिमिरेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्नु दुःखद् भएको बताएका छन्।
युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा आजदेखि सुरु बाह्रौँ संस्करणको पोखरा महोत्सवको उद्घाटनका क्रममा सभामुख घिमिरेले उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्नु दुःखद् भएको बताएका हुन्।
उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जतिसक्दो चाँडो नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताएका छन्।
सभामुख घिमिरेले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा समावेश गर्नुपर्ने धारणा राखे। सेती नदीलाई पर्यटनसँग जोड्न तीनवटै तहका सरकारको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।