भक्तपुर। चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ। झण्डै ६३ रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम बन्न लागेको हो ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले बागेश्वरीमा सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न लागेको हो। चाँगुनारायण नगरपालिकाले विकासमा पछाडि परेको चाँगुनारायण नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्न वडा नं ५ र ७ को सिमानामा रहेको गुरुङटारमा जग्गा उपलध गराउने निर्णय एक वर्ष अगाडि नै गरेर प्रदेश सरकारमा पेस गरेकामा अहिले स्वीकृत भएको जनाएको छ ।
सांस्कृतिक औद्योगिक ग्राम निर्माण गर्न वडा कार्यालय हुँदै नगरपालिका, भुमि सुधार, मालपोत, जिल्ला प्रशासन कार्यालयलगायतका उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवाला सबै निकायमा छलफल र सहमति गरी प्रक्रिया पूरा गरेर प्रदेश सरकारमा प्रस्ताव पेस गरेकामा प्रदेश सरकारले स्वीकृत गरेसँगै अब औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढ्ने छ ।