काठमाडौं। ४ वटा जेट मेसिनको प्रयोग गरेर बल्खु खोलामा जम्मा भएको फोहोर निकालिएको छ। काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरेर बल्खु खोलामा जम्मा भएको फोहोर निकालेका हुन् ।
खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह थियो । यो तह निकाल्न जेट मेसिनबाट पानीको प्रेसर दिइएको थियो । गहिरो ठाउँ भएकोले त्यस ठाउँमा पुग्न बोटको प्रयोग गरिएको थियो ।
३० जना जनशक्तिले १०० मिटर नदी सफाइ गर्दा १० मेट्रिक टन फोहोर संकलन भएको महानगरले जनाएको छ।
‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत बल्खु सफाइको काम भएको हो ।