काठमाडौं।बागमती नदीमा ४१.८६ मेगावाटको जलविदुत आयोजना निर्माण गरिने भएको छ। सुपर बागमती हाइड्रो पावर कम्पनीले बागमती नदीमा जलविदुत आयोजना निर्माण गर्ने भएको हो।
कम्पनीले बागमतीको पानी उपयोग हुने गरी सुपर तल्लो बागमती जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।
विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।
विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायरसुझाव पठाउन सरोकारवालसँग समक्ष आग्रह समेत गरेको छ ।