कास्की। मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नतिका काम धमाधम भइरहेको छ। छोटो समयको पदयात्रामार्फत हिमाल पुग्नका लागि मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नति थालिएको हो ।
पर्यटन विभागको सहयोगमा पदमार्गको स्तरोन्नतिका काम अघि बढाइएको हो। स्तरोन्नतिअन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ ।
त्यस्तै पदमार्गका विभिन्न अप्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ–ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको बताइएको छ।
मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएकाले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ।