काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या आएपछि काठमाडौं–दोहा–काठमाडौं दुईतर्फी उडान रद्द भएको छ। अचानक उडान रद्द हुँदा उक्त रुटको टिकट काटिसकेका दुवैतिरका गरि ५३० यात्रु अलपत्र परेका छन्।
सोमबार राती २७६ यात्रुसहित काठमाडौं–दोहा उडान तालिका रहेको निगमको एन–एएलजेड कलसाइनको जहाजमा प्राविधिक समस्या आएको हो। उडान गर्न नसक्ने अवस्था आएपछि रद्द गरिएको निगमका एक कर्मचारीले बताए।
अहिले जहाज मर्मतका लागि ग्राउण्डेड अवस्थामा छ। जहाजमा समस्या आउँदा दोहाबाट काठमाडौं आउन टिकट काटिसकेका २५४ यात्रु अलपत्र परेका छन्।