तम्घास। गुल्मीको रेसुङ्गा विमानस्थलमा साताको ४ पटक हवाइ उडान हुने भएको छ। अहिले सातामा २ उडान हुदैँ आएकामा अगामी फागुन पहिलो साताबाट २ उडान थप गरी ४ बनाउन लागिएको हो ।
रेसुङ्गा विमानस्थलमा गत बैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो। अहिले साताको बुधबार र शुक्रबार २ दिन उडान भइरहेको थियो ।
यात्रुको अत्याधिक चाप भएपछि २ उडान थप गर्ने तयारी भइरहेको रेसुङ्गा नगरपालिकाले जनाएको छ। यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी भइरहेको छ ।